कानुनमन्त्रीको चिन्ता- धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्छ

कानुनमन्त्रीको चिन्ता- धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्छ

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरू विदेश गए रेमिट्यान्स घट्ने चिन्ता व्यक्त गरेका छन्।

बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरूलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए। 

उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन। अहिले पनि रोकिएको छैन। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थाले भने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ। १२ कक्षासम्मका बच्चाहरूलाई सिधै सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन।’  

साउन ९, २०८१ बिहीबार १५:५५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।