बाँसबारीबाट चाँदबागको नाममा पुगेको १० रोपनी जग्गाको धनी अब नेपाल सरकार

बाँसबारीबाट चाँदबागको नाममा पुगेको १० रोपनी जग्गाको धनी अब नेपाल सरकार

काठमाडौँ : तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगबाट चाँदबाग रेसिडेन्सीको नाममा गएको १० रोपनी जग्गा सरकारको नाममा कायम भएको छ। साउन ९ मा भएको निर्णयबाट कित्ताकाटसहित सो जग्गा सरकारको नाममा कायम भएको हो।

उद्ध्योगहुँदै चाँदबाग रेसिडेन्सीको नाममा कायम भएको सो जग्गा अनधिकृत रुपमा प्रयोग भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेकोमा अनुसन्धान भने अलपत्र परेको छ। ब्युरोले अनुसन्धान सुरु गर्दै सम्बन्धी पक्षको बयान लिइसके पनि मुद्दा प्रक्रियामा भने गएको छैन। मुद्दा चल्ने या नचल्ने निर्णय समेत गरेको छैन।

सो जग्गा सरकारको नाममा ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बुझाइएको थियो। सो अवधि पुरा भएपछि डिल्लीबजार मालपोत कार्यालयले जग्गा सरकारको नाममा ल्याएको हो।

काठमाडौँ महानगरपालिका महानगरको वडा नम्बर ३ को कार्यालयले साउन ८ मा स्रेस्ता उतार्दा मालपोत कार्यालय डिल्लीबजारले जग्गा नेपाल सरकारको नाममा कायम गरेको हो।

साउन ९, २०८१ बिहीबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।