१ करोड ८२ लाख बराबरको काजु र ज्वानाे बोकेको ट्रक नियन्त्रणमा

१ करोड ८२ लाख बराबरको काजु र ज्वानाे बोकेको ट्रक नियन्त्रणमा

काठमाडौं : प्रहरीले वीरगञ्जबाट काजु, ज्वानाे र इलेक्ट्रोनिक्स सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिइएको छ।

प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-२५ स्थित चण्डाल चोकस्थित सडकखण्डबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रक चेकजाँच गरेको थियो।

नियन्त्रणमा लिइएका सामानहरूको मूल्य एक करोड ८२ लाख रहेको प्रहरीले जनाएको छ। 

भारतबाट राजश्व छलेर ल्याइएको आशंकामा चेकजाँच गर्दा ट्रकमा लोड रहेको काजु, ज्वानाे र इलेक्ट्रोनिक्स सामानहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए। 

साउन ९, २०८१ बिहीबार १५:३१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।