ग्लोलल टी२० क्यानडा आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाली खेलाडी टोरन्टो र भानकुभर भिड्दै

ग्लोलल टी२० क्यानडा आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाली खेलाडी टोरन्टो र भानकुभर भिड्दै

काठमाडौं : ग्लोबल टी२० क्यानडा आजबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा टोरन्टो नेशनल्स र भानकुभर नाइट्स भिड्दैछन्।

खेल नेपाली समयअनुसार राति पौने २ बजे ब्राम्पटनस्थित सीएए सेन्टरमा हुँदैछ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा भानकुभरले तीन र टोरन्टोले दुई खेल जितेको छ।

भानकुभरको टिममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी हुँदा टोरन्टोमा नेपाली टोलीका कप्तान रोहित पौडेल छन्।

सन्दीप उद्घाटन खेलका लागि क्यानडा पुगिसकेका छन् भने रोहित र दीपेन्द्र भिसा समस्याका कारण नेपालमै छन्।

साउन ९, २०८१ बिहीबार १२:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।