शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालेको छ।

यसअघि गत शुक्रबार सार्वजनिक गर्ने भनिएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको हो।

मौद्रिक नीतिका लागि अन्य तयारी सकिए पनि शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पूरा गर्ने बताइएको छ।

कांग्रेस-एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवं सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन्।

गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।

अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो।

साउन ९, २०८१ बिहीबार ११:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।