सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २४ सय रूपैयाँले  घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ।

साउन ९, २०८१ बिहीबार ११:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।