विरोधका बीच अमेरिका पुगेका नेतान्याहुले भने- ‘हाम्रो शत्रु, तपाईंका पनि शत्रु’

विरोधका बीच अमेरिका पुगेका नेतान्याहुले भने- ‘हाम्रो शत्रु, तपाईंका पनि शत्रु’

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।

उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन्। कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रु, तपाईंका पनि शत्रु’

‘जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ,’ नेतान्याहुले भने, ‘हाम्रो युद्ध, तपाईंको युद्ध। हाम्रो जित, तपाईंको जित।’

धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे। तर, कंग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी त्यहाँ उपस्थित भएनन्।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले चर्को विरोधको सामना गर्नुपरेको थियो। मानिसहरूले ब्यानर बोकेर उनको विरोध गर्दै ‘युद्ध अपराधी’को संज्ञा समेत दिएका थिए।

नेतन्याहुको सम्बोधनमा अवरोध गर्ने पाँच जनालाई क्यापिटल भवनभित्रबाट पक्राउ गरिएको छ।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, ‘तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नुभएको छ।’

साउन ९, २०८१ बिहीबार १०:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।