राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन, के भने?

राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन, के भने?

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु। राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो।’

अमेरिका एक महत्वपूर्ण मोडमा रहेको बताउँदै उनले जनताले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताए। जनताले अगाडि बढ्ने वा पछाडि हट्ने, आशा वा घृणा फैलाउने र एकताको सुत्रमा बाँध्ने वा विभाजन गराउने दुई पक्षबीच एकलाई छनोट गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

बाइडेनले भने, ‘राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छन् भन्ने मलाई लाग्छ।’

लोकतन्त्रलाई बचाउनका लागि व्यक्तिगत महत्वकांक्षासहित कुनै पनि विषयले बाधा पुर्याउन नसक्ने बताउँदै उनले नयाँ पिढीलाई नेतृत्व सुम्पनु नै अगाडि बढ्नुको सबैभन्दा राम्रो विकल्प रहेको उल्लेख गरे।

बाइडेनले भने, ‘यो नै हाम्रो देशलाई एकताबद्ध गर्ने उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि एउटा समय र स्थान हुन्छ। नयाँ एवं युवा आवाजहरूको लागि पनि एउटा समय र स्थान हुन्छ। त्यो समय र स्थान अहिले नै हो।’

साउन ९, २०८१ बिहीबार ०९:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।