हिमालयन डिस्टिलरी गोल्ड पुरस्कारबाट सम्मानित

हिमालयन डिस्टिलरी गोल्ड पुरस्कारबाट सम्मानित

काठमाडौं : हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ।

इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १० औं वार्षिक परिषदको समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।

उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई आफ्ना प्रयासहरूमा यस पुरस्कारबाट अझै हौसला मिलेको कम्पनीले जनाएको छ।

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्टस (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला मिलेको कम्पनीको भनाइ छ। 

साउन ८, २०८१ बुधबार १९:४८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।