जहाज दुर्घटनामा आफन्त गुमाउँदाको पीडाले झरेको आँसु (फोटो फिचर)

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यतिबेला शोकमा डुबेको छ।
बुधबार पोखराको लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो। शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको छ। अस्पतालमा शवहरूको पोस्टमार्टम सुरू भएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्यामविन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन्।
यो पनि:-
साउन ९, २०८१ बुधबार १८:२४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।