सौर्य जहाज दुर्घटनाको २३ मिनेटपछि उद्वारा गरिएको थियो क्याप्टेन मनिषलाई

सौर्य जहाज दुर्घटनाको २३ मिनेटपछि उद्वारा गरिएको थियो क्याप्टेन मनिषलाई

काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु हुँदा एक जना क्याप्टेनलाई मात्रै जीवितै उद्धार गरिएको छ। दुर्घटनामा ३७ वर्षीय क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। 

क्याप्टेन शाक्यको अहिले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल केएमसीको आकस्मिक कक्षमा उपचार भइरहेको छ। 

अस्पतालका अनुसार उनी अहिले सामान्य बोलचाल गर्नसक्ने अवस्थामा छन्। उनको टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ। 

विमानस्थलबाट प्राविधिक टोली लिएर पोखराका लागि उडेको सौर्य एयरको सीआरजे७ (९एनएएमई) जहाज धावनमार्ग छोड्नासाथ दुर्घटनामा पर्दा दुर्घटनामा चालक दलका सदस्य र प्राविधिक गरी १८ जनाको मृत्यु भयो। 

प्राधिकरणका अनुसार दुर्घटनामा परेको २३ मिनेटमा पाइलटको उद्धार गरिएको थियो। 

प्राधिकरणका विज्ञप्तिअनुसार ११ः११ मा विमान उड्नेबित्तिकै दाहिनेतर्फ मोडिन गई पूर्वतर्फ खसेको थियो। 

जहाज दुर्घटनाको चार मिनेटपछि ११ः१५ मा दुर्घटनाका बारेमा जानकारी सुरक्षा निकायले पाएका थिए। त्यसपछि अग्नि नियन्त्रण तथा खोज तथा उद्धारका लागि विमानस्थलबाट दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको थियो।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य गरिरहेको छ। 

यो पनि:-

साउन ८, २०८१ बुधबार १५:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।