सामान्य कुराकानी गर्नसक्ने अवस्थामा छन् दुर्घटनामा परी घाइते भएका सौर्य विमानका क्याप्टेन मनिष

सामान्य कुराकानी गर्नसक्ने अवस्थामा छन् दुर्घटनामा परी घाइते भएका सौर्य विमानका क्याप्टेन मनिष

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल केएमसीको आकस्मिक कक्षमा उपचार भइरहेको छ। 

अहिले उनलाई आकस्मिक उपचार कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका चिकित्सक डा विशद दाहालले जानकारी दिए।

३७ वर्षीय क्याप्टेन शाक्यको मुखबाट रगत आएको छ। उनको टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ। टाउकोको सीटी स्क्यान गरिएको तर, रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। 

क्याप्टेन शाक्य अहिले सामान्य कुराकानी गरिरहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेर घाइते भएका शाक्यलाई सुरक्षाकर्मीले तुरुन्तै उद्धार गरी अस्पताल पुर्याएको थियो।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइन रहेको विमान उड्ने बित्तिकै दाहिनेतिर मोडिएर पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो।

विमानमा सवार १९ जनामध्ये १८ जनाको शव संकलन गरिएको र एक जनालाई जीवितै उद्धार गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। 

यो पनि:-

 

साउन ८, २०८१ बुधबार १४:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।