प्रधानमन्त्री र गृहमन्त्रीले गरे सौर्य एयरलाइन्सको दुर्घटनास्थलको निरीक्षण

प्रधानमन्त्री र गृहमन्त्रीले गरे सौर्य एयरलाइन्सको दुर्घटनास्थलको निरीक्षण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलको निरीक्षण गरेका छन्।

उद्धारको काम सकिएपछि ओली र लेखक दुर्घटनास्थल निरीक्षणका लागि पुगेका हुन्। लेखकले नीतिगत, कानूनी, प्राविधिक जे–जे गर्नुपर्ने हुन्छ, त्यसो गरेर सरकार अगाडि बढ्ने उनले बताए।

बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। घाइते भएका पाइलटका क्याप्टेनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा सौर्य एयरलाइन्स व्यवस्थापन टिमका चार उच्च अधिकारीसहितका कर्मचारी थिए।

साउन ८, २०८१ बुधबार १४:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।