नागरिक उड्ययन प्राधिकरणले भन्यो- दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो, घाइते क्याप्टेन उपचाररत

नागरिक उड्ययन प्राधिकरणले भन्यो- दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो, घाइते क्याप्टेन उपचाररत
क्याप्टेन मनिषरत्न शाक्यलाई दुर्घटनास्थलबाट उद्धार गर्दै सुरक्षाा निकाय। Photo:- Sams Sherpa

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको शव संकलन गरिएको र एक जनालाई जीवितै उद्धार गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा एक जनाको मात्र जीवितै उद्धार गर्न सकेको उल्लेख छ।

उद्धार गरिएका विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल सिनामंगल लगिएको छ।

यसअघि नेपाल प्रहरीले १५ जनाको मृत्यु भएको र चार जना अस्पतालमा रहेको बताएको थियो। उसले तीन जना त्रिवि शिक्षण अस्पताल र बाँकी एक जना केएमसी अस्पतालमा रहेको जनाएको थियो।

बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाईन्सको ९एन-एएमई कलसाइन रहेको विमान उड्ने बितिकै दाहिनेतिर मोडिएर पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनापछि तत्काल उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।

यो पनि:-

साउन ८, २०८१ बुधबार १३:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।