यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना (नामसहित)

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना (नामसहित)

काठमाडौं : त्रिभुवन विमास्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार १९ यात्रुको नाम सार्वजनिक भएको छ।

सौर्य एयरलाइन्सले जहाजमा सवार दुई चालकदलका सदस्यसहित १९ यात्रुको नाम सार्वजनिक गरेको हो।

१९ मध्ये पाइलट मनिषरत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ भने १५ जनाको मृत्यु भएको छ। बाँकी चारमध्ये तीन जनालाई त्रिवि शिक्षण अस्पताल लगिएको छ भने पाइलट एमआर शाक्यलाई केएमसी अस्पताल लगिएको छ।

यो पनि:-

जहाजमा को पाइलट एस कटुवालका साथमा अमितमान महर्जन, सागर आचार्य, दीलिप बर्मा थिए।

यस्तै, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैन, श्याम बिन्दुकार, नवराज आले, राजाराज आचार्य थिए।

त्यसैगरी प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र अरीफ रीडा थिए।

उनीहरू सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको सोही जहाज मर्मतका लागि पोखरा जाँदै थिए।

जहाजमा सवारहरूको सूची:-

साउन ८, २०८१ बुधबार १२:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।