मर्मतको लागि पोखरा जान लागेको थियो सौर्य एयरको जहाज

मर्मतको लागि पोखरा जान लागेको थियो सौर्य एयरको जहाज

काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा जान लागेको खुलेको छ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार सौर्य एयरलाइन्सको ‘९एन-एएमई/सीआरजे २००’ कल साइनको विमान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै थियो।

विमान रनवे ०२ बाट उडान भरेको जहाज विमानस्थलको पूर्वी भेगमा दुर्घटनाग्रस्त भएको उनले बताए।

उडान भर्ने क्रममा अनियन्त्रित भएको विमान ढिस्कोमा ठोक्किएपछि इन्जिन उछिट्टिएर पछाडीपट्टीको निर्माणाधीन क्षेत्रमा सडक नजिन खसेको थियो।

उनका अनुसार विमानमा चालक दलका सदस्य र विमान मर्मत टोलीका सदस्यहरू गरेर १९ जना सवार थिए।

अहिले जहाज दुर्घटनाग्रस्त स्थानमा उद्धारको काम जारी छ। उद्धारका लागि विमानस्थलमा २६ वटा एम्बुलेन्स पठाइएको छ।

साउन ८, २०८१ बुधबार १२:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।