त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, प्रत्यक्षदर्शी भन्छन्- ‘तीन जनाको शव देखियो’

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, प्रत्यक्षदर्शी भन्छन्- ‘तीन जनाको शव देखियो’

काठमाडौं : त्रिभुवन विमास्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। धावनमार्गबाट उड्दा उड्दै जहाज दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

चालक दलका सदस्यसहित १९ जना रहेको विमान दुर्घटना हुँदा विमानस्थल वरपर धुँवाको मुस्लो देखिएको छ। दुर्घटना भएको स्थानमा विमान पड्किएको आवाज समेत आइरहेको तीन प्रत्यक्षदर्शीले बताएका छन्

सामाजिक सञ्जाल फेसबुक एक प्रत्यक्षदर्शीले गरेको लाइभमा तीन जनाको शव देखिएको बताएका छन्।

‘तीन वटा शव हामीले देख्यौं,’ ती प्रयोगकर्ताले लाइभमा भनेका छन्, ‘तिनीहरूलाई आगोले भेटेको छैन।’

दुर्घटना लगत्तै छटनास्थलमा दमकल र सुरक्षाकर्मी पुगिसकेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

साउन ८, २०८१ बुधबार ११:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।