११ सयले बढ्यो सुनको मूल्य

११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४७ हजार चार सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदी तोलाको एक हजार ८०५ रुपैयाँमा कारोबार हुनेछ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ४६ हजार तीन सय रुपैयाँ हुँदा चाँदी एक हजार ७९० रुपैयाँ थियो।

साउन ८, २०८१ बुधबार ११:०८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।