बीपीए अवार्ड २०२३ बाट एनसीएचएल सम्मानित

बीपीए अवार्ड २०२३ बाट एनसीएचएल सम्मानित

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।

एनसीएचएलले आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्राप्त गरेको हो।

अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ पुरस्कार प्राप्त गरेको थियो। 

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ।

एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आईपीएस, आरपीएस, एनपीआई, कनेक्ट आईपीएस, कर्पोरेट पे, नेपाल पे क्यूआरमार्फत सेवा प्रदान गर्दै आएको छ।

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्।

हाल एनसीएचएलले एनपीएस अन्तर्गत नेशनल कार्ड स्वीच र नेपालपे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ।

साउन ८, २०८१ बुधबार १०:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।