मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सामुदायिक विद्यालयमा प्लेस्केपको निर्माण

मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सामुदायिक विद्यालयमा प्लेस्केपको निर्माण

काठमाडौं : विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले मेटलाइफ नेपालले सामुदायिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने भएको छ।

मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजना अन्तर्गत कर्मयोग फाउन्डेशनसँगको साझेदारीमा करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी–१६ स्थित श्री जब्दी आधारभूत विद्यालयमा प्लेस्केप निर्माण गर्न लागिएको हो।

यसले सिकाइसँग खेल मिलाउँदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक  वातावरण हुने कम्पनीको दाबी छ। यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि फाउन्डेशनलाई सात लाख रुपैयाँ उपलब्ध गराएको छ।

यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्दछ।

साउन ८, २०८१ बुधबार १०:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।