यामाहा एरोक्स १५५ स्कुटरमा काठमाडौं-लद्दाख यात्रा सम्पन्न

यामाहा एरोक्स १५५ स्कुटरमा काठमाडौं-लद्दाख यात्रा सम्पन्न

काठमाडौं : सोलो ट्राभलर अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरमा काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।

उनले ११ दिनमा पाँच हजार किलोमिटर भन्दा बढी यात्रा गर्दै लद्दाखको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरू समेत दृश्यावलोकन गरे।

यो यात्रामा यामाहाको एरोक्स स्कुटरले एकदमै राम्रो साथ दिएको राइडर ओझाले बताए।

स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफूलाई अब्बल साबित गरेको तथा चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले घुमाउरो पहाडी सडकमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको ओझाले बताए।

यसको अतिरिक्त, स्कूटरमा आरामदायी सीट र एर्गोनोमिक डिजाइन छ। जसले विना कुनै झन्झट र थकान घण्टौं यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

एमएडब्लू राइडकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै यात्रा पूरा गरेकोमा गौरवान्वित गरेको बताइन्।

साउन ८, २०८१ बुधबार १०:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।