तीन दिनमा खान युनिसका डेढ लाख मानिसले शहर छोडे

तीन दिनमा खान युनिसका डेढ लाख मानिसले शहर छोडे

काठमाडौं : गाजाको खान युनिसबाट तीन दिनमा डेढ लाखभन्दा बढी मानिसले शहर छोडेका छन्।

गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस इजरायली आक्रमणको केन्द्र बनेपछि सोमबारदेखि त्यहाँबाट डेढ लाख मानिस पलायन भएको संयुक्त राष्ट्र संघका दुई संस्थाले जनाएका छन्।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्लुएका एक अधिकारीका अनुसार सोमबार इजरायली सेनाले दिएको निर्देशन आएपछि करिब डेढ लाख मानिस पलायन भएका भइसकेका छन्।

हमासले खान युनिसको पूर्वी क्षेत्रमा आफ्ना लडाकुहरूलाई पुन: संगठित गर्ने, आतंकवादी गतिविधि र रकेट आक्रमणका लागि प्रयोग गरिरहेकाले आक्रमण गरिएको इजरायली दाबी छ।

डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको थियो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आक्रमण सुरु गरेदेखि कम्तीमा ८० प्यालेस्टाइनी मारिएको जनाएको छ।

साउन ८, २०८१ बुधबार ०८:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।