बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

काठमाडौं : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान १० बजेर ४५ मिनेटमा लामालाई शपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए।

लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो।

बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए।

तर, एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

साउन ८, २०८१ बुधबार ०७:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।