कर्णालीमा आज राति भारी वर्षाको सम्भावना, बाँकी प्रदेशमा सामान्यदेखि मध्यम

कर्णालीमा आज राति भारी वर्षाको सम्भावना, बाँकी प्रदेशमा सामान्यदेखि मध्यम

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा कर्णालीका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

साउन ८, २०८१ बुधबार ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।