मदन पुरस्कार २०८० का लागि छानिए ५ कृति

मदन पुरस्कार २०८० का लागि छानिए ५ कृति

काठमाडौं : मदन पुरस्कार २०८० का लागि पाँच कृति छनोट भएका छन्।

२०८० मा प्राप्त भएका ३०४ पुस्तक मध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए।

गुठीले सूची सार्वजनिक गरेका पाँच कृतिमा डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन-तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ’नीरव’) छन्। 

यीमध्ये एक पुस्तकलाई ०८० को मदन पुरस्कार प्रदान गरिने छ।

साहित्य क्षेत्रमा सबैभन्दा ठूलो पुरस्कार मानिने मदन पुरस्कारको राशी २ लाख रूपैयाँ रहेको छ। 

साउन ७, २०८१ मंगलबार २०:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।