‘​​​​​​​फोनमनी साथमा, एक करोड हातमा’ अफर सार्वजनिक

‘​​​​​​​फोनमनी साथमा, एक करोड हातमा’ अफर सार्वजनिक

काठमाडौं : डिजिटल मनी ट्रान्सफर एप ‘फोनमनी’ले  ‘फोनमनी साथमा, एक करोड हातमा’ अफर योजना ल्याएको छ।

जुलाई २१ देखि सन् २०२५ को जनवरी एकसम्म ६ महिना यो अफर योजना चल्ने कम्पनीले जनाएको छ। 

कोरियामा कार्यरत एवं बसोबास गर्ने नेपालीले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर योजनामा सहभागी हुनसक्ने छन्।

अफर योजना अवधिभर हरेक हप्ता एक सहभागीले आफ्नो पठाएको रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

योजनाको अन्त्यमा एकजना विजेताले एक करोड कोरियन वोन (करिब १० लाख नेपाली रुपैयाँ)को बम्पर पुरस्कार जित्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

साउन ७, २०८१ मंगलबार २०:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।