साशाइन्जिनियरिङ हाइड्रोपावरको आइपीओ निष्कासनका लागि एनआइएमबिएस क्यापिटल नियुक्त

साशाइन्जिनियरिङ हाइड्रोपावरको आइपीओ निष्कासनका लागि एनआइएमबिएस क्यापिटल नियुक्त

काठमाडौं :  साशाइन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले  २५ लाख कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्काशनमार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ। 

सन् २००७ मा स्थापना भएको साशाइन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखामा अवस्थित खानी खोलाको पानी प्रयोग गरि ३० मेगावट क्षमताको खानीखोला जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता समेत गरिसकेको छ। 

हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। 

साउन ७, २०८१ मंगलबार १९:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।