पूर्व प्रधानमन्त्री भएपछि प्रचण्ड राज्य व्यवस्था समितिको सदस्य भए

पूर्व प्रधानमन्त्री भएपछि प्रचण्ड राज्य व्यवस्था समितिको सदस्य भए

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष तथा सांसद पुष्पकमल दाहाल प्रचण्ड सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएका छन्। मङ्गलवार समितिमा भएको हेरफेरमा उनी राज्य व्यवस्था तथा सुशासन समितिमा परेका हुन्। यो समितिको सभापति कांग्रेसका रामहरि खतिवडा छन्।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरका लागि गरेको प्रस्ताव पारित भएको थियो। यो समितिमा प्रचण्डसँगै पूर्णबहादुर खड्का, राजेन्द्र कुमार राई र रवि लामिछाने समेत थपिएका छन्। निवर्तमान सरकारमा प्रचण्ड प्रधानमन्त्री थिए। रवि गृहमन्त्री।

संसदीय सुनुवाइ समितिमा श्याम घिमिरे र डीपी अर्याल आएका छन्। स्वर्णिम वाग्लेको स्थानमा अर्याल आएका हुन् भने रमेश लेखक गृहमन्त्री भएपछि मुख्य सचेतक भएका घिमिरे सुनुवाइ समितिमा आएका हुन्।

पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र  विराजभक्त श्रेष्ठ अर्थ समितिको सदस्य भएका छन्। हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भए।

रघुवीर महासेठ उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भए। ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन्। शक्ति बहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य, रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्य भए।

राज्यव्यवस्था तथा सुशासन समितिका हरि ढकाल सार्वजनिक लेखा समितिमा पुगे। मिना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य भएकी छिन्।

साउन ७, २०८१ मंगलबार १७:४९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।