सांसदसँग पाँच हजार घुस लिने कर्मचारीबारे छानबिन गर्न समिति गठन

सांसदसँग पाँच हजार घुस लिने कर्मचारीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ :  समकक्षता प्रमाण पत्र छिटो दिन सांसद वीरेन्द्र महतोसँग पाँच हजार घुस लिने कर्मचारीबारे छानबिन गर्न शिक्षा मन्त्रालयले समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य केलाउन एक साताको समय तोकिएको छ।

समकक्षताको प्रमाण पत्र लिन पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई पाँच हजार घुस दिनु परेको संसद् बैठकमा बोलेका थिए। सांसदले नै घुस दिनुपरेको भन्दै यसबारे संसद्मा विरोध भएको थियो।

विरोधपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्।

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन्। उनीहरूलाई मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ।

साउन ७, २०८१ मंगलबार १७:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।