सेयर बजार उकालिएको उकालियै, २६ सय नजिक पुगेर बन्द भयो बजार

सेयर बजार उकालिएको उकालियै, २६ सय नजिक पुगेर बन्द भयो बजार

काठमाडौँ : २४९३ अङ्कबाट खुलेको मङ्गलवारको सेयर बजार ७५.३३ अङ्कले बढेर २६ सय नजिक पुगेर बन्द भयो। मङ्गलवार नेप्से परिसूचक २ हजार पाँच सय ६१ दशमलव ३५ मा पुगेर बन्द भयो। मङ्गलवार २ सय २० कम्पनीको सेयर मूल्य बढ्यो। २० वटाको घट्यो। दुई वटा कम्पनीको मूल्य यथास्थितिमा रह्यो।

मङ्गलवार सेन्सेटिभ इन्डेक्स १०.४० अङ्क बढेको छ भने फ्लोट इन्डेक्स ५.१४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७८ अङ्क बढेको छ।

सोमबार करिब १४ अर्बको शेयर खरिदबिक्री भएकोमा मङ्गलवार ३ सय १७ स्टकको १ लाख ७१ हजार ३ सय ८७ पटकको कारोबारमा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भयो।

मङ्गलवार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढ्यो। जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशत बढ्यो। होटेल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशत नाघेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक २.३९ प्रतिशत बढेको छ।

मङ्गलवार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स, मन्दु हाइड्रोपावर, हथ्वे इन्भेस्टमेन्ट र नेपाल वेयरहाउजिङका लगानीकर्ताहरू सबैभन्दा धेरै कमाउने सूचीमा परे। यसैगरि गणपति लघुवित्त, माछापुच्छ्रे बैङ्क, माछापुच्छ्रे डिबेन्चर, आरम्भ चौतारी लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेको सूचीमा परे।

सिभम् सिमेन्ट, अपि पावर कम्पनी, हिमालयन रि-इन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैङ्क र र नागडी समूहका सेयर रकमका आधारमा सबैभन्दा धेरै कारोबार भयो। सङ्ख्याको आधारमा नबिल ब्यालेन्स फण्ड, सिद्धार्थ इक्विटी फण्ड, हिमाल दोलखा हाइड्रोपावर, अपि पावर कम्पनी र अपर तामाकोशी सबैभन्दा अगाडि रहे।

साउन ७, २०८१ मंगलबार १५:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।