६३ वर्षीय बाबु लिचीको बोटमा झुन्डिएको अवस्थामा भेटिए, हत्या आरोपमा छोरा पक्राउ

६३ वर्षीय बाबु लिचीको बोटमा झुन्डिएको अवस्थामा भेटिए, हत्या आरोपमा छोरा पक्राउ

बिर्तामोड : झापाको हल्दीबारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। 

गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए। मृतकको टाउको र आँखामा चोट देखिएको छ।

राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा ३० वर्षीय सुनिललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। डीएसपी चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो।

छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले बताए।

मृतक बासु र उनका छोराबीच त्यस रात झगडा भएको बताइएको छ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरी रगत देखिएको हल्दीबारी गाउँपालिका २ का वडा अध्यक्ष शुकलाल राजवंशीले बताए। 

सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

साउन ७, २०८१ मंगलबार १५:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।