भारतीय बजेटमा नेपाललाई ११ अर्ब अनुदान, सबैभन्दा धेरै भुटानलाई

भारतीय बजेटमा नेपाललाई ११ अर्ब अनुदान, सबैभन्दा धेरै भुटानलाई

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेटमा नेपाललाई ७ अर्ब भारू अनुदान राखिएको छ। 

मंगलबार त्यहाँकी अर्थमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को लागि सार्वजनिक गरेको बजेटमा नेपालले पाउने अनुदान ७ अर्ब भारू अर्थात् ११ अर्ब २० करोड नेरू उल्लेख गरिएको छ।  

वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले ६ अर्ब ५० करोड भारू अनुदान दिएको थियो।

भुटानले यस वित्त वर्षमा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारू पाउने छ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ। धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन्।

अर्थमन्त्रीले शिक्षा र रोजगारका निम्ति १.४८ लाख करोड भारू बजेट विनियोजन गरेकी छन्। उनका अनुसार, बजेट रोजगार, प्रशिक्षण, एमएसएमई र मध्यमवर्गमा केन्द्रित गरिएको छ। 

साउन ७, २०८१ मंगलबार १४:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।