बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेश

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

मंगलबार प्रदेश प्रमुख कार्यालयमा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरेका छन्।

दाबी पेश गर्न कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया उपस्थित थिए।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

साउन ७, २०८१ मंगलबार १३:४३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।