डीआईजी पोखरेलले आफूलाई बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध मुद्दा लड्न पाउने

डीआईजी पोखरेलले आफूलाई बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध मुद्दा लड्न पाउने

काठमाडौं : अवकाशप्राप्त नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेल आफूलाई बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध मुद्दा लड्न पाउने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले पोखरेलको रिट दर्ता गर्न आदेश दिएसँगै पोखरेलले सरकारको निर्णयविरुद्ध मुद्दा लड्न पाएका हुन्।

सर्वोच्चको आदेशसँगै त्यहाँको प्रशासनले अब पोखेरेलले दायर गरेको रिट दर्ता गर्नुपर्नेछ। यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपीठ गरिदिएको थियो। उनले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए।

अघिल्लो सरकारले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि रिक्त एआईजीमा सोमबार डीआईजी रामदत्त जोशीलाई सिफारिस गरेको थियो।

साउन ७, २०८१ मंगलबार १३:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।