गृहमन्त्री लेखकद्वारा अध्यागमन विभागको निरीक्षण

गृहमन्त्री लेखकद्वारा अध्यागमन विभागको निरीक्षण

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यागमन विभागको निरीक्षण गरेका छन्।

मंगलबार विहान उनले अध्यागमन विभागको निरीक्षण गरेर त्यसबारे ब्रिफिङ लिएका हुन्। उनलाई विभागका महानिर्देशक कोशहरि निरौलाले स्वागत गरेका थिए।

यसका साथै निरौलाले विभागको काम, कारबाहीबारे समेत ब्रिफिङ लिएका थिए।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकसँगै गृहसचिव एकनारायण अर्याल पनि थिए।

गृहमन्त्री भएपछि लेखकले लगातार मातहतका कार्यालयको निरीक्षणमा छन्। केही दिनअघि मात्र उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको हेडक्वाटरको निरीक्षण गरेका थिए।

साउन ७, २०८१ मंगलबार ११:३६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।