कीर्तिमानी भारतीय अर्थमन्त्री बन्दै निर्मला सीतारमण, आज बजेट प्रस्तुत गर्दै

कीर्तिमानी भारतीय अर्थमन्त्री बन्दै निर्मला सीतारमण, आज बजेट प्रस्तुत गर्दै
फाइल तस्बिर

एजेन्सी : भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज बजेट प्रस्तुत गर्न लागेकी छन्। विहान ११ बजे संसदमा लगातार सातौं पटक उनले बजेट प्रस्तुत गर्न लागेकी हुन्।

योसँगै उनी लगातार सातौं पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री बन्दैछिन्। यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो। देसाईले लगातार छ पटक बजेट प्रस्तुत गरेका थिए।

यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। बजेट आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने भारतीय मिडियाहरूले जनाएका छन्।

बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आउँदा र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए।

साउन ७, २०८१ मंगलबार १०:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।