काठमाडौंका नदीमा जलसतह बढ्यो

काठमाडौंका नदीमा जलसतह बढ्यो
फाइल तस्बिर

काठमाडौं : गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ।

बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ।

बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ।

नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

साउन ७, २०८१ मंगलबार ०८:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।