खान युनिसमा भएको इजरायली आक्रमणमा ७० जनाको मृत्यु

खान युनिसमा भएको इजरायली आक्रमणमा ७० जनाको मृत्यु

एजेन्सी : गाजास्थित दक्षिणी शहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस्तो तथ्याङ्क मंगलबार विहान सार्वजनिक गरेको हो। गाजाका आवासीय क्षेत्रहरू खाली गर्न इजरायलले दिएको आदेशपछि यो घटना भएको हो।

इजरायली सेनाले सोमबार बिहान खान युनिसको पूर्वी क्षेत्रबाट महत्वपूर्ण आतंकवादी गतिविधि र रकेट आक्रमण भएको बताएको थियो।

सेनाले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल-मवासी आवासीय क्षेत्रमा जान भनेपछि भारी बमबारी गरेको थियो। उक्त आक्रमणबाट आतंककारी र उनीहरूको पूर्वाधार ध्वस्त भएको इजरायली सेनाको दाबी छ।

यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्टले पाँच जनाको शव र ३३ जना घाइतेलाई अल अमल अस्पतालमा ल्याइएको जनाएको छ।

इजरायलको यो आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा क्लिनिक सेवा ठप्प भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

साउन ७, २०८१ मंगलबार ०७:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।