सत्ता बदलिँदा एआइजीको फुली लगाउने पोखरेलको प्रयास तुहियो, जोशी परे सिफारिस

सत्ता बदलिँदा एआइजीको फुली लगाउने पोखरेलको प्रयास तुहियो, जोशी परे सिफारिस

काठमाडौँ : साउन २१ मा अवकाश हुने भए पनि सत्ताको साथले एआइजी बढुवा सिफारिसमा परेका पोषराज पोखरेलको बढुवा प्रक्रिया रोकियो।

एमाले-कांग्रेसबीच सत्ता सहकार्यको सहमतिसँगै अवकाश हुँदा एआइजीको दर्ज्यानी लगाउने पोखरेलको प्रयास सफल भएन। उनी डिआइजीमै पदावधिका कारण अवकाशमा गए।

उमेश जोशिक अवकाशसँगै रिक्त भएको पदमा पोखरेल जान सकेनन्। नयाँ सरकारले गठन भएसँगै रिक्त पदमा बढुवाका लागि रामदत्त जोशीको नाम सिफारिस भयो।

साउन ७ मा बसेको बढुवा सिफारिस समितिले हाल त्रिभुवन विमानस्थल सुरक्षा गार्ड कार्यालयमा रहेका जोशीको नाम बढुवाका लागि सिफारिस गरेको हो। वरिष्ठतामा पहिलो नम्बरमा रहेका जोशीले सेवा अवधिका कारण चैतमा अवकाशमा जानेछन्।

पोखरेलको अवकाश र जोशीको बढुवापछि प्रहरीमा डिआइजीको दुई पद रिक्त भएको छ। उता प्रहरी अस्पतालकी निर्देशक आशा सिंह पनि अवकाशमा जाँदैछिन्।

साउन ६, २०८१ सोमबार २१:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।