विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु, ४ हजार बढी परिवार विस्थापित

विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु, ४ हजार बढी परिवार विस्थापित

काठमाडौं : देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी-पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा २ जना, कोशीमा २२ जना, मधेशमा ५ जना, बागमतीमा २५ जना, गण्डकीमा ३८ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा ९ जना, कोशीमा ३४ जना, मधेशमा ९ जना, बागमतीमा ७ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३३ जना र सुदूरपश्चिममा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

कोशीमा ४९ जना, गण्डकीमा १२ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ।

बाढी-पहिरोमा परी कोशीमा २ जना, मधेशमा १ जना, बागमतीमा २ जना, गण्डकीमा १ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ९ जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन्। २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५् सय ९४ वटा पशुचौपायको मृत्यु भएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४ घर परिवार विस्थापित भएका छन्। 

साउन ६, २०८१ सोमबार २१:५५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।