अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने दाउमा कमला ह्यारिस

अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने दाउमा कमला ह्यारिस

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेपछि डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरे। तर, बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने छन्।

उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरे। त्यसपछि उपराष्ट्रपति कमला ह्यारिसले आफूले चुनाव जित्ने दाबीसहित चुनावी तयारीमा छिन्।

उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्पलाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन्।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने उनको दाबी छ। 
 
कमला ह्यारिसले राष्ट्रपतीय निर्वाचन जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने छिन्। तर, त्यतिबेला उनले पहिलोपटक राष्ट्रपतीय शक्ति लिएको भने मानिने छैन।

उनले सन् २०२१ मा जो बाइडेनलाई कोलोनोस्कपीको एनेस्थेसिया (सर्जरीका समयको दर्द मेटाउन औषधि प्रयोग गरिएको अवस्था)का क्रममा ८५ मिनेटका लागि ह्यारिसले पहिलोपटक राष्ट्रपतिको शक्ति लिएकी थिइन्। 

साउन ६, २०८१ सोमबार २१:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।