पोलियोमुक्त घोषणा भएको १४ वर्षपछि भेटियो भाइरस, काठमाडौँका तीन जिल्लामा खोप अभियान चलाउँदै सरकार

पोलियोमुक्त घोषणा भएको १४ वर्षपछि भेटियो भाइरस, काठमाडौँका तीन जिल्लामा खोप अभियान चलाउँदै सरकार

काठमाडौँ : पोलियोमुक्त देश घोषणा भएको १४ वर्षपछि पोलियोको भाइरस फेला परेपछि सरकारले काठमाडौँ उपत्यकाका बालबालिकालाई साउन ९ देखि १२ सम्म पोलियो खोप दिने भएको छ। 

असार २९ मा टुकुचा–बागमती आसपासका ढलको नमुनाको परीक्षणमा पोलियो भाइरस फेला परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लामा खोप सञ्चालन गर्ने भएको हो। 

मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा काठमाडौँको टुकुचा–बागमती सङ्गम नजिकबाट सङ्कलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको उल्लेख छ। जेठ ३१ मा नमुना सङ्कलनमा टाइप थ्री भाइरस पुष्टि भएको थियो । 

‘हालसम्म कुनै व्यक्तिमा पोलियो भाइरस सङ्क्रमण पुष्टि भएको छैन। यो मानिसमा पोलियो सङ्क्रमण नभएर ढलमा भाइरस देखिएको घटना हो,’ विज्ञप्तिमा भनिएको छ । 

पोलियो भाइरस पी १, पी २, पी ३ गरी तीन प्रकारका हुन्छन् र तीन वटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यसले पाँच वर्ष मुनीका बालबालिकामा असर गर्छ।  

पोलियोको उपचार नभए पनि खोपबाट बालबालिकालाई बचाउन सकिन्छ। 

साउन ६, २०८१ सोमबार २१:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।