'प्रधानमन्त्री ओलीले बिचौलिया र कमिसनको प्रभावमा परेर उद्योगमा विद्युत् जोड्न आदेश दिए'

'प्रधानमन्त्री ओलीले बिचौलिया र कमिसनको प्रभावमा परेर उद्योगमा विद्युत् जोड्न आदेश दिए'

काठमाडौं : माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर उद्योगमा विद्युत् जोड्न आदेश दिएको आरोप लगाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पनि ऐन कानुनको मातहतमा चल्नुपर्ने भन्दै प्रधानमन्त्रीको आदेशले संविधान ऐन कानुन मर्न दिन नहुने बताए। 

उनले भने, ‘ट्रंक लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजियो। राज्य ऐन कानुनले चल्छ। प्रधानमन्त्री पनि ऐन कानुनको मातहतमा चल्नुपर्छ। उहाँको आदेशले संविधान ऐन कानुन मर्न दिनुहुन्न। उहाँले बिचौलिययाहरूको भाषा बोलेर उनीहरुको दबाव र प्रभावमा परेर कमिसनको प्रभावमा ठाडो आदेश दिन मिल्छ?’

उनले बक्यौता नतिर्ने उद्योगहरूको नेपाल विद्युत् प्राधिकरणले कानुनसम्मत रूपमा विद्युत् काटेको जिकिर गरे।  

साउन ६, २०८१ सोमबार २०:३३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।