लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
काठमाडौं : लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्ति भएका छन्।
सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे।
आचार्यले एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ।
साउन ७, २०८१ सोमबार १८:११:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।