डेढ लाख रुपैयाँ घुस लिदालिँदै पक्राउ परे अधिकृत कोइराला

डेढ लाख रुपैयाँ घुस लिदालिँदै पक्राउ परे अधिकृत कोइराला

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई एक लाख पचास हजार घुससहित नियन्त्रणमा लिएको हो। 

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए। 

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ। 

कोइरालामाथि थप अनुसन्धान भइरहेको छ।

साउन ६, २०८१ सोमबार १७:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।