संसद्मा कांग्रेस सांसदले आफ्नो आवाज दबाउन खोजेको प्रधानमन्त्री मोदीको गुनासो

संसद्मा कांग्रेस सांसदले आफ्नो आवाज दबाउन खोजेको प्रधानमन्त्री मोदीको गुनासो
फाइल

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको संसद्को सत्रमा विपक्षीले आफ्नो आवाज दबाउने प्रयास गरेको बताएका गरेका छन्। 

भारतमा बजेट सत्र सुरू हुनुअघि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले अघिल्लो संसद्‌मा आफू बोल्दा विपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरेको विषयलाई लिएर मोदीले गुनासो गरे।

उनले भने, 'म बहुत दुःखका साथ भन्न चाहन्छु कि केही सांसदले आफ्नो क्षेत्रको कुरा राख्ने मौका दिएनन्। आफ्नो राजनीतिक विफलतालाई ढाक्नका लागि उनीहरूले संसद्को महत्त्वपूर्ण समयको गलत रूपमा प्रयोग गरे।'

उनले चुनिएको सरकारको आवाज कुल्चने प्रयास अलोकतान्त्रिक भएको उल्लेख गर्दै २ घण्टा ५० मिनेटसम्म देशको प्रधानमन्त्रीको गला घोट्ने र आवाज दबाउने प्रयास गरिएको बताए। 

६० वर्षपछि कुनै पनि सरकार लगातार तेस्रोपटक सत्तामा आएको र तेस्रो कार्यकालमा पहिलो बजेट आउन लागेको भन्दै उनले सांसदहरूलाई अब पाँच वर्ष देशको लागि लड्नुपर्नेसमेत बताए।

साउन ६, २०८१ सोमबार १५:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।