आँचल शर्मा हलमा पुग्नेबित्तिकै आवाज गुन्जियो ‘अरे वा क्या हट आँचल’

आँचल शर्मा हलमा पुग्नेबित्तिकै आवाज गुन्जियो ‘अरे वा क्या हट आँचल’

काठमाडौं : आफ्नो फिल्मको कुनै पनि कार्यक्रममा पुग्दा कलाकारहरू आफूलाई आकर्षक देखाउन चाहन्छन्, ताकी क्यामेराको ध्यान आफूतिर खिचियोस्। उपस्थित दर्शक तथा पत्रकारको ध्यान आफूलाई तान्नकै लागि कहिलेकाहीँ महिला कलाकारहरू छोटा कपडाको प्रयोग गर्नसमेत पछि पर्दैनन्। 

अझ अभिनेत्रीहरूको हकमा त कसले कुन ड्रेस लगाएर आए भन्ने कुराले पत्रकारलाई कौतुहलता जगाउँछ। यस्तै कौतुहलता जगायो अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’को गीत रिलिज कार्यक्रममा। 

आइतबार दिउँसो आइएनआइ फिल्म हल नयाँ बानेश्वरमा फिल्मको पहिलो गीत ‘तिमी सँग’ रिलिज कार्यक्रम राखिएको थियो। यसअघिका विभिन्न औपचारिक कार्यक्रमहरूमा हट बनेर उपस्थित हुने आँचलको स्वभाव जस्तै बनिसकेको छ। दिउँसो १ बजेको गीत रिलिज कार्यक्रममा पनि उनी सबेरै उपस्थित भइन्। 

उनी हलमा उपस्थित हुनासाथ अधिकांश पत्रकारले घेरेर तस्विर अनि भिडियो खिचे। अनि भने, ‘अरे वा क्या हट आँचल शर्मा।’ 

पत्रकार सम्मेलनमार्फत निर्माण टिमको परिचय गराइसकेपछि गीतको बारेमा प्रश्न गर्न भनिएको थियो। सोही क्रममा पत्रकारले तपाई कति हट भन्ने प्रश्न गरे। उनले मुस्कुराउँदै हट भनेको के हो मलाई थाहै छैन भन्ने जवाफ फर्काइन्। माहोल निकै रमाइलो बन्दै थियो। हलभित्र लामो समय हाँसो गुन्जिरह्यो। 

आँचलको जवाफमा खासै चित्त नबुझाएका पत्रकारले गीतको अन्तिम दृश्यलाई लिएर प्रश्न गरे, ‘त्यो अन्तिमको सिन गर्दा कुनै अप्ठ्यारो भएन?’

उक्त सिनमा आँचलले अभिनेतासँग ज्याकुजीमा रमाइलो गरिरहेकी छन्। अनि उनले त्यसबारे निर्देशक मिलन चाम्सलाई बोल्न दिइन्, सायद उनलाई लाज लागेछ क्या रे! मिलन दाई आफैं बोल्नु भन्न थालिन्। 

तर, पत्रकारले उनकै मुखबाट जवाफ खोजेपछि उनले भनिन्, ‘यो सिन गर्दा चाहिँ मिलन दाइको गाली पनि नराम्ररी खाइयो। दुई थोपा आँसु झारियो। आज आएर एक्टिङ हेर्दा मुभी राम्रो बनेछ।’

उनको जवाफ सकिनेबितिक्कै प्रश्न अभिनेता विवेकलाई सोधियो। तपाईंलाई अन्तिम सिन गर्दा दुई थोपा आँसु झर्यो कि झरेन? उनले  जवाफमा नझरेको बताए।  

साउन ७, २०८१ सोमबार १४:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।