शशांक कोइरालाले संसद् बैठकमै प्याकेट खोलेर गुट्खा खाएपछि...

शशांक कोइरालाले संसद् बैठकमै प्याकेट खोलेर गुट्खा खाएपछि...

काठमाडौं : कांग्रेस सांसद शशांक कोइरालाले प्रतिनिधि सभा बैठक चलिरहँदा सूर्तिजन्य पदार्थ सेवन गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले बोलिरहेको समयमा पछाडि रहेका उनले सूर्तिजन्य पदार्थ सेवन गरेका हुन्।

बजगाईंले बोलिरहँदा उनले सूर्तिजन्य पदार्थ सेवन गरेको फुटेज पनि देखिएको थियो। उनले प्याकेट खोलेर घाँटी माथि लैजाँदै दुई हातले उक्त पदार्थ खाए।

संसदमा सूर्तिजन्य पदार्थ खाने उनी पहिलो सांसद हैन।

यसअघि सांसद अर्जुनरसिंह केसीले प्रतिनिधि सभाको बैठकमा मुखमा भएको सूर्ति निकालेर भुइँमा फालेको संसदको क्यामेरामा कैद भएको थियो।

त्यसको चर्को आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी समेत मागेका थिए।

साउन ६, २०८१ सोमबार १४:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।