सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने

काठमाडौँ : गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सबै स्थानीय तहलाई जानकारी गराएको छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न भनेको हो। सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै राजपत्रमा सूचना निकालेको थियो।

२०८१ असार २७  को मन्त्रिपरिषद्ले  सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएर २०८१ साल असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन भए पनि बाढी र पहिरोका कारण परिचय पत्र बनाउन सहज नभएको भन्दै सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो।

‘देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्‌को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने’, बैठकको निर्णयसहित विभागले सबै स्थानीय तहलाई निर्देशन पठाएको हो।

साउन ६, २०८१ सोमबार १३:४३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।