एनएमबि बैंकमा ८.९२ प्रतिशतमा कर कर्जा पाइने

एनएमबि बैंकमा ८.९२ प्रतिशतमा कर कर्जा पाइने

काठमाडौं : एनएमबि बैंकले एनएमबि होम लोनमा ८.९२ प्रतिशतबाट सुरू हुने फ्लोटिङ (चलायमान) ब्याजदर उपलब्ध गराएको छ।

एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन्।

घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूणर् कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

साउन ६, २०८१ सोमबार १२:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।